• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

१.२.१ कर्मचारी व्यवस्थापन, निजामति सेवाको वर्गीकरण

  • गृह पृष्ठ
  • बिसयगत
  • १.२.१ कर्मचारी व्यवस्थापन, निजामति सेवाको वर्गीकरण

१.२.१ कर्मचारी व्यवस्थापन, निजामति सेवाको वर्गीकरण

परिचय

  • कुनै पनि संस्था तथा संगठनमा आवश्यक पर्ने जनशक्ति उपयुक्त माध्यमबाट छनौट गरी व्यवस्थित एवं वैज्ञानिक तरिकाबाट व्यवस्थापन , परिचालन तथा सञ्चालन गर्ने कार्यलाइ कर्मचारी व्यवस्थापन भनिन्छ ।
  • कर्मचारीहरुको समुचित बन्दोवस्त गरी सांगठनिक उद्देश्य अनुरुपन काम गराउने व्यवस्थापकिय कार्य कर्मचारी व्यवस्थापन हो ।
  • यसले संगठनको जनशक्त्ति केन्द्रित व्यवस्थापकिय कार्यहरुको समष्टिलाइ जनाउदछ ।
  • यसअन्तर्गत संगठनमा आवश्यक जनशक्त्तिको अनुमान गर्ने, आवश्यक जनशक्त्ति आकर्षण गर्ने, जनशक्त्ति भित्र्याउने, जनशक्त्तिको विकास गर्ने, आवश्यक सेवा सुविधा उपलब्ध गराउने, सांगठनिक हितकोलागि जनशक्त्तिको उपयोग गर्ने  सम्बन्धी व्यवस्थापकीय तथा कार्यगत गतिविधिको समष्टि नै कर्मचारी व्यवस्थापन हो ।
  • यो संगठन तथा व्यवस्थापनको अति महत्वपुर्ण शाखा हो ।
  • यो सवै स्तरका कर्मचारीसँग सम्बन्धित हुन्छ ।
  • यो कुनै आवधिक कार्य नभइ निरन्तरको प्रक्रिया हो ।
  • यो कर्मचारीहरुको पारस्परीक सम्बन्धहरुको अध्ययन हो ।

कर्मचारी व्यवस्थापनको सिद्धान्तहरु

  • निश्पक्षताको सिद्धान्त:- कर्मचारी व्यवस्थापनको मान्यता संगठनमा कार्यरत सम्पुर्ण कर्मचारीलाइ समान व्यवहार गरिनु पर्दछ भन्ने हो ।
  • समान अवसरको सिद्धान्त :-  संगठनमा प्रवेश देखि वृत्ति विकास लगायतका कार्यमा सम्पुर्ण कर्मचारीलाइ समान अवसर प्रदान हुनुपर्दछ भन्ने मान्यता ।
  • जिम्मेवारी तथा उत्तरदायित्वको सिद्धान्त :- संगठनमा कार्यरत कर्मचारीले जिम्मेवारी तथा उत्तरदायित्वको साथ कार्य सम्पादन गर्नु पर्दछ भन्ने मान्यता ।
  • गतिशिलताको सिद्धान्त :- कर्मचारी व्यवस्थापन तथा कार्यसम्पादनको क्रममा कर्मचारीले नयाँ सोँच, प्रविधि, सिप र शैलि बारे अन्वेषण तथा अनुसन्धान गरी कार्यशैलिलाइ समयअनुकुल परिमार्जन गरिनु पर्दछ ।
  • निरन्तरताको सिद्धान्त :- कुनै पनि संगठनमा कर्मचारी व्यवस्थापन आवधिक नभइ निरन्तर चलिरहने प्रक्रिया हो ।

निजामति सेवाको वर्गीकरण

  • विशिष्ट ज्ञान, सीप र क्षमता भएका स्थायी प्रकृतिका, राज्यको कोषबाट तलब, भत्ता पाउने, गैरसैनिक व्यावसायिक समुहलाइ निजामति सेवा भनिन्छ ।
  • नेपालको संविधानको धारा २४३ अनुसार निजामति सेवाको पद भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी वल, नेपालको कर्मचारीको पद तथा निजामति सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सवै सेवाको पद सम्झिनु पर्छ भनिएको छ ।
  • निजामति सेवा ऐन २०४९ अनुसार १० ओटा निजामति सेवाहरुको व्यवस्था गरीएको छ । जसलाइ निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।

१

नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा

२

नेपाल इन्जिनियरिङ सेवा

३

नेपाल कृषि सेवा

४

नेपाल न्याय सेवा

५

नेपाल परराष्ट्र सेवा

६

नेपाल प्रशासन सेवा

७

नेपाल लेखा परीक्षण सेवा

८

नेपाल वन सेवा

९

नेपाल विविध सेवा

१०

नेपाल शिक्षा सेवा

 

निजामति सेवाको वर्गीकरण

१.दर्जामुलक निजामति सेवा

  • निजामति कर्मचारीले गर्नुपर्ने कार्यको आधारमा नभइ व्याक्तिको योग्यता र गुणलाइ आधार बनाइ काम, कर्तव्यहरुको मोटामोटी रुपमा समुहीकरण वा वर्गीकरण गरीएको निजामति सेवालाइ दर्जामुलक निजामति सेवा भनिन्छ ।
  • यसको सुरुवात वेलायतबाट भएको मानिन्छ ।
  • नेपालमा मुलत दर्जामुलक निजामति सेवा लागु गरीएको छ ।

सवल पक्ष

  • यो कार्यान्वयनमा सरल छ ।
  • यसमा कर्मचारीलाइ वृत्ति विकासको धेरै अवसर प्राप्त हुन्छन् ।
  • यसमा कर्मचारीको गतिशिलताको दायरा फराकिलो हुन्छ ।
  • यसमा कर्मचारीले बहुआयामिक अनुभव र विज्ञता हासील गर्न सक्छन् ।
  • ज्येष्ठताको कदर हुन्छ ।
  • कर्मचारीको समन्वय र नियन्त्रणमा सहज हुने ।

 

दुर्वल पक्ष

  • यसमा समान कामको लागि समान तलवको सिद्धान्त लागु गर्न कठिन हुन्छ ।
  • Right man in right place को सिद्धान्त लागु गर्न जटिल ।
  • विशेषज्ञता र विशिष्टिकृत व्यवसायिकताको कमि हुने ।
  • पद र व्याक्तिको योग्यता क्षमताको बीचमा तालमेल नहुने ।

२. कार्यमुलक निजामति सेवा

  • प्रत्येक कर्मचारीले गर्नुपर्ने कार्यहरुलाइ केन्द्रविन्दु मानेर गरिने निजामति सेवाको वर्गीकरण नै कार्यमुलक निजामति सेवा हो ।
  • यसमा कार्य जिम्मेवारीको आधारमा पदको वर्गीकरण गरीन्छ ।
  • यसमा दर्जा वा श्रेणीका लागि नभइ खास काम वा पदका लागी पदपुर्ति गरिन्छ भने कर्मचारीको बढुवा पपनि खास जिम्मेवारी सहितको पद विशेषमा हुन्छ ।

सवल पक्ष

  • यसमा कार्य जिम्मेवारीको आधारमा पदको वर्गीकरण हुन्छ ।
  • कर्मचारीको स्तर दर्जाको आधारमा नभइ उसले सम्हालेको पदको कार्य र भुमीकाको आधारमा निर्धारीत हुने ।
  • Right man in right place को सिद्धान्त लागु गर्न सकिने ।
  • कार्यसम्पादन व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा आधारीत भुक्तानी प्रणाली लागु गर्न सहज ।
  • समान पदमा समान तलब लागु गर्न सकिने ।
  • कर्मचारीको जिम्मेवारी र जवाफदेहीता किटानी हुने ।
  • कार्य विशिष्टिकरणमार्फत व्यावसायिकता विकास गर्न सहज हुने ।

दुर्वल पक्ष

  • बहुसीपयुक्त्त व्यवस्थापकको विकास गर्न नसकिने ।
  • काममा नयाँपन नहुँदा कर्मचारीमा नैराश्यता आउन सक्ने ।
  • कार्यगत विविधता हुने सरकारी सेवामा लागु गर्न कठिन ।
  • ज्येष्ठतालाइ महत्व नदिइने ।

सेवा समुह सम्वन्धि विषयहरु (चतुर्थ पत्र)

१.१ सार्वजनिक व्यवस्थापन र यसको कार्यक्षेत्र

१.१० सार्वजनिक सेवा प्रवाहमा सञ्चार प्रविधिको प्रयोगबाट सृजित अवसर तथा चुनौतिहरु

१.५ नेपालको सार्वजनिक प्रशासनको विकासक्रम, यसको आधारभुत संरचना, विशेषता सुधारका प्रयास एवं चुनौतिहरु

उत्प्रेरणा, यसको विशेषता र तत्वहरु

१.२.१ कर्मचारी व्यवस्थापन, निजामति सेवाको वर्गीकरण

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?