• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

१.२ सामाजिक न्याय तथा समानता

  • गृह पृष्ठ
  • बिसयगत
  • १.२ सामाजिक न्याय तथा समानता

१.२ सामाजिक न्याय तथा समानता

सामाजिक न्याय

  • सवै किसीमको आर्थिक एवं सामाजिक असमानता हटाइ विभिन्न जात, धर्म, भाषा, वर्ण, समुदाय तथा सम्प्रदायका बीच सामाञ्जस्य स्थापना गरी न्याय र नैतिकतामा आधारीत स्वस्थ जिवनको स्थापना गर्नु नै सामाजिक न्याय हो ।
  • समग्रमा न्यायपुर्ण सामाजिक व्यवस्था, अवस्था र अनुभुतिको समष्टि नै सामाजिक न्याय हो ।

सामाजिक न्यायको सिद्धान्त

  • पहुँचको सिद्धान्त :- मानिसको आधारभुत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, गास, बास, कपास लगायतका आवश्यकताहरुमा सवैको पहुँच हुनुपर्छ भन्ने यसको सिद्धान्त हो ।
  • समताको सिद्धान्त :- राज्यले फरक क्षमता भएका मानिसहरुलाइ क्षमताअनुसारको व्यवहार गरी सवैलाइ न्याय प्रदान गर्नुपर्छ भन्ने मान्यता ।
  • सहभागीताको सिद्धान्त :- सार्वजनिक सरोकारका विषयमा निर्णय हुँदा सवैको समान सहभागीता हुनुपर्छ भन्ने मान्यता ।
  • मानव अधिकारको सिद्धान्त :- समाजमा मानव अधिकारको रक्षा गरेपश्चात मात्रै सामाजिक न्याय कायम हुन सक्छ भन्ने मान्यता ।
  • विविधताको सिद्धान्त :- समाजमा रहेको विविधतालाइ सम्मान गर्दै विविधता व्यवस्थापन गरिनुपर्छ । फरक सँस्कृतिको सम्मान गरिनुपर्छ भन्ने मान्यता । 

सामाजिक न्यायको तरीका

  • वितरणात्मक न्याय :- यसअन्तर्गत राष्ट्रिय आयको समान वितरण मार्फत सामाजिक न्याय कायम गरिन्छ ।
  • पुनर्वितरणात्मक न्याय :- यसअन्तर्गत उच्च आय हुने उपर प्रगतिशिल कर लगाइ त्यसबाट उठेको राजश्व लक्षित वर्ग तथा क्षेत्रमा लगानी गरी न्याय कायम गरिन्छ ।
  • संरक्षणात्मक न्याय :- यसअन्तर्गत राज्य प्रणालीको मुल प्रवाहमा आउन नसकेका समुह वा गर्ग हरुलाइ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गरी सामाजिक न्याय कायम गरीन्छ ।

सामाजिक न्यायको उपाय

सामाजिक न्याय कायम गर्नको लागि निम्न उपायहरु अवलम्वन गर्न सकिन्छ ।

  • पहिचानको सम्मान,
  • सामाजिक समानता कायम गरेर,
  • सामाजिक विभेदको अन्त्य गरेर,
  • समावेशिकरण लाइ कायम गरेर,
  • लक्षित वर्गलाइ विशेष संरक्षण प्रदान गरेर,
  • सकारात्मक विभेद तथा आरक्षण लाइ लागु गरेर,
  • सामाजिक सुरक्षा प्रदान गरेर,
  • लक्षित वर्गलाइ शसक्तिकरण गरेर,
  • निर्णय प्रक्रियामा लक्षित वर्गको सहभागीता कायम गरेर,

नेपालमा सामाजिक न्याय कायम गर्नको लागि भएका प्रयास तथा व्यवस्थाहरु

  • नेपालको संविधान, २०७२ को प्रस्तावनामा सवै प्रकारका विभेद र उत्पीडन अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने संकल्प गरीएको ।
  • नेपालको संविधान , २०७२ को धारा १६ मा सम्मानपुर्वक बाँच्न पाउने हक अन्तर्गत प्रत्येक व्याक्तिलाइ सम्मानपुर्वक बाँच्न पाउने हक प्रदान गरीएको ।
  • धारा ४२ मा सामाजिक न्यायको हकको व्यवस्था ।
  • धारा ४३ मा सामाजिक सुरक्षाको हकको व्यवस्था गरीएको ।
  • नेपालको संविधान, २०७२ को भाग ४ मा रहेको राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत पर्ने धारा ५१ मा सामाजिक न्याय र समावेशीकरण सम्वन्धी व्यवस्था ।
  • निजामति सेवा लगायत सरकारी सेवामा आरक्षणको व्यवस्था ।
  • समानुपातिक प्रतिनिधित्वको व्यवस्था ।
  • लक्षित वर्गलाइ सामाजिक सुरक्षाको व्यवस्था ।
  • वाल पोषण भत्ताको व्यवस्था ।
  • दुर्गम क्षेत्र विकास कार्यक्रम लागु गरीएको ।
  • तराइ मधेश समृद्धि कार्यक्रम लागु गरीएको ।
  • मजदुरको न्युनतम पारिश्रमिक निर्धारण गरीएको ।

 

समसामयिक विषय Current Affairs (तृतीय पत्र)

१.१ सामाजिक विवाद तथा द्धन्द्ध

१.२ सामाजिक न्याय तथा समानता

१.३ सामाजिक तथा साँस्कृतिक रुपान्तरण

१.४ स्रोत साधनको वितरणमा न्याय- असमानता र सीमान्तीकरण (प्रादेशिक, जातजातिगत, लैङ्गिक, ग्रामीण तथा शहरी)

२.६ प्रविधि हस्तान्तरण ( बौद्धिक सम्पत्ति अधिकार समेत )

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?