१.३ सामाजिक तथा साँस्कृतिक रुपान्तरण
सामाजिक रुपान्तरण
- समयक्रमअनुसार समाज तथा सँस्कृतिमा आउने परिवर्तन नै सामाजिक रुपान्तरण हो ।
- सामाजिक परिवेश, क्रियाकलाप, मुल्य मान्यता, सरोकार र सम्बन्धका ढाँचा शैलीहरुमा परिवर्तन आई एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुने प्रक्रिया नै सामाजिक रुपान्तरण हो ।
- समाजमा प्रगतिशिल सुधार र नयाँपन आउनु नै सामाजिक रुपान्तरण हो ।
- यसले क्रमागत रुपान्तरण र क्रान्तिकारी रुपान्तरण दुवैलाई जनाउँछ ।
सामाजिक रुपान्तरणका क्षेत्र/आयाम
सामाजिक रुपान्तरण समाजका सवैजसो पक्षहरुमा आउने अग्रगमनको समष्टि हो। यो बहुआयामिक विषय हो । यसका आयामहरु निम्न छन् ।
- राजनीतिक चेतना
- राजनीतिक सहभागीता र निगरानी
- असल राजनीतिक सँस्कारको विकास
- आर्थिक सक्षमता
- गुणस्तरीय जीवनको आधार निर्माण
- साँस्कृतिक सदभाव
- सहिस्णुता/मेलमिलाप
- सदाचार वा नैतिकता
- अनुशासन
- नागरीक शिक्षा
- जनचेतना
- शैक्षिक स्तर
- सामाजिक संरचना
- सामाजिक व्यवहार
- सामाजिक प्राथमिकता
- सामाजिक रहनसहन
- सामाजिक सम्वन्ध
- सामाजिक व्यवसाय
- सामाजिक न्याय
- सामाजिक सुरक्षा
- सामाजिक क्षमता
सामाजिक रुपान्तरणको महत्व
- जिवनस्तरमा सुधार हुने,
- सामाजिक मुल्यहरुको विकास हुने,
- सामाजिक कुरीति तथा विकृतिहरुको अन्त्य हुने,
- समाजमा नैतिकता, सदाचार र सुशासन को प्रवर्द्धन हुने,
- आधुनिक समाजको निर्माण हुने,
- सामाजिक असमानताहरुको अन्त्य हुने,
- सामाजिक मेलमिलापमा वृद्धि हुने,
- सामाजिक गतिशिलतामा वृद्धि हुने,
- प्रविधिमैत्री समाजको निर्माण हुने,
नेपालमा सामाजिक रुपान्तरणको प्रवृत्ति
- संयुक्त परिवारको आकर्षण घट्दै सानो परिवारतर्फको आकर्षण बढ्दै गएको छ ।
- नाता कुटुम्ब एकै ठाँउमा मिलेर बसोबास गर्ने परम्परागत व्यवस्थामा परिवर्तन भई सहर, राजधानी हुँदै अन्तर्राष्ट्रिय स्तर सम्म पुगेको छ ।
- छोरा नभई हुँदैन भन्ने मान्यता हराउँदै गएको छ ।
- कमलरी प्रथा, हलिया प्रथा जस्ता कुप्रथाहरुलाई राज्यले कानुनी रुपबाट नै अन्त्य गरेको छ ।
- शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार जस्ता क्षेत्रमा सचेतना बढदै गएको छ ।
- खानपिन, लत्ताकपढा, फेसन, डिजाइनमा व्यापक परिवर्तन भइ अन्तर्राष्ट्रिय स्तरसम्म पहुँच स्थापना भएको छ ।
- मानिसका पेशाहरु आधुनिक प्रविधिमा आधारीत बन्दै गएका छन् ।
- मानिसको चेतनामा वृद्धी हुँदै गएको छ ।
सामाजिक रुपान्तरणको कारण सिर्जित विकृतिहरु
- पारिवारिक संरचनामा विखण्डन आइ वृद्धवृद्धाहरुको अवस्था दयनिय हुन पुगेको ।
- मानिसमा संवेदनहिनता बढदै गएको ।
- बढ्दो प्रविधिको उपयोगबाट मानविय श्रमको उपयोगमा निरन्तर कमी हुँदै गएको ।
- समाजमा Digital Divide को अवस्था देखा परेको ।
- शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास भएतापनि अत्याधिक महंगो भइ सर्वसाधारणको पहुँच बाहिर रहेको ।
- समाजमा धनी र गरीब बीचको खाडल बढ्दै गएको ।
- व्यापक शहरीकरण तथा वातावरण क्षेत्रमा गम्भीर ह्रासका संकेत देखा परेको ।
- खानपानमा भएको परिवर्तनले अस्वस्थता बढेको ।
- श्रम गर्ने मानिसको जमातमा कटौति भएको ।
साँस्कृतिक रुपान्तरण
- साँस्कृतिक मुल्य मान्यता, आदर्श, संस्कार, परम्परा, कला, चालचलन, विचार तथा दृष्टिकोणमा आउने परिवर्तन नै साँस्कृतिक रुपान्तरण हो ।
- साँस्कृतिक अभ्यासमा हुने सकारात्मक सुधार तथा परिवर्तन नै साँस्कृतिक रुपान्तरण हो ।
साँस्कृतिक रुपान्तरणका आयाम
- मानवीय सभ्यताको रुपमा स्थापित असल साँस्कृतिक अभ्यासहरुको संरक्षण गर्ने,
- साँस्कृतिक धरोहरहरुको संरक्षण गर्ने,
- असल सँस्कृतिको अभ्यास गर्ने,
- सँस्कृतिहरुको स्वतन्त्र अभ्यास,
- भिन्न साँस्कृतिक समुहबीच सहिष्णुता,
- साँस्कृतिक द्धन्द्धको वातावरण नहुनु,
- विविध सँस्कृतिको उपस्थिति,
- साँस्कृतिक सदभाव,
- साँस्कृतिक एकता र सहकार्य,
- गलत परम्पराको पहिचान तथा अन्त्य,
- स्वच्छ सँस्कृतिको विकास,
- असल सँस्कृतिको अवलम्वन,
सामाजिक एवं साँस्कृतिक रुपान्तरणका प्रक्रिया/माध्यम/साधन
- शिक्षा एवं सचेतना,
- सामाजिक द्धन्द्ध तथा विवाद समाधान,
- बसाइसराइ,
- प्रविधि विकास एवं हस्तान्तरण,
- पुर्वाधार विकास एवं विस्तार,
- कानुनी व्यवस्था एवं सुधार,
- शहरीकरण,
- विश्वव्यापिकरण,
- शासकीय सुधार,
- पर्यटन प्रवर्द्धन,
- जनसंघर्ष,
- सहभागीता एवं सहकार्य,
सामाजिक/साँस्कृतिक रुपान्तरणका सिद्धान्तहरु
- आर्थिक सिद्धान्त - आर्थिक स्तरमा भएको परिवर्तन,
- प्रविधिको सिद्धान्त - प्रविधिको क्षेत्रमा भएको सुधार,
- द्धन्द्धवादी सिद्धान्त - वाद, प्रतिवाद तथा संवादमार्फत हुने परिवर्तन,
- उदविकासवादी सिद्धान्त - क्रमिक उत्थानमार्फत हुने परिवर्तन,
- विकासवादी सिद्धान्त - सामाजिक तथा आर्थिक क्षेत्रमा हुने विकास,
- क्रान्तिकारी सिद्धान्त - क्रान्ति मार्फत हुने सामाजिक तथा साँस्कृतिक रुपान्तरण,
- आलोचनात्मक सिद्धान्त - सामाजिक दृष्टिकोणको आलोचनामार्फत हुने रुपान्तरण,