• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

१.१ सामाजिक विवाद तथा द्धन्द्ध

  • गृह पृष्ठ
  • बिसयगत
  • १.१ सामाजिक विवाद तथा द्धन्द्ध

१.१ सामाजिक विवाद तथा द्धन्द्ध

परिचय

  • समाजमा विभिन्न वर्ग तथा पक्षहरुका विचमा आवश्यकता, विचार, माग, चाहनाहरुमा भएको भिन्नताको कारण उत्पन्न हुने विवाद तथा त्यसको कारण उत्पन्न हुने मनोमालिन्य नै सामाजिक द्धन्द्ध हो ।
  • सामाजिक द्धन्द्ध सामाजिक इकाइहरुबीचको असमझदारीको अवस्था हो ।

सामाजिक द्धन्द्धको कारण

  • वर्ग विभेद,
  • साधन स्रोतको असमान वितरण,
  • सामाजिक विभेद,
  • सामाजिक हिंसा,
  • सामाजिक मुल्यको विभिदता,
  • सामाजिक योगदान,
  • राजनीतिक दर्शन,
  • सरकारी सेवा,
  • प्राकृतिक स्रोतको उपयोग,

सामाजिक द्धन्द्धको आवश्यकता

  • सामाजिक चेतनाको अभिवृद्धि गर्न,
  • सामाजिक विकृति घटाउन मद्दत पुग्दछ,
  • सार्वजनिक साधन तथा स्रोतको समुचित उपयोग तथा वितरणमा मद्दत पुर्याउन,
  • सामाजिक क्रियाकलापहरुलाइ पारदर्शि बनाउन,
  • सार्वजनिक पदमा रहेका पदाधिकारीलाइ जवाफदेही बनाउन,
  • रुढिवादी मान्यताहरुलाइ हटाउन,
  • समाजको निर्णय गर्न सक्ने क्षमता तथा नेतृत्व क्षमतामा वृद्धि गर्न,
  • वास्तविक समस्याको पहिचान गर्न सहज हुन्छ,

सामाजिक द्धन्द्धको नकरात्मक प्रभावहरु

  • समाजमा सदभाव र एकता खल्वलिन सक्छ ।
  • समाजमा हिंसात्मक गतिविधि हुन सक्छ ।
  • सामाजिक विकासका गतिविधिहरु अवरुद्ध हुन सक्छन् ।
  • अल्पसंख्यकहरु झन् शोषित तथा पिडित हुन सक्छन् ।
  • शान्ति सुरक्षा व्यवस्थापनमा चुनौति थपिन सक्छ ।
  • मानव विकासमा नकारात्मक असर पर्न सक्छ ।
  • स्रोत साधनको दुरुपयोग हुन सक्छ ।
  • सामाजिक एकता नहुदा राष्ट्रिय एकता कमजोर हुन्छ ।

नेपालमा सामाजिक द्धन्द्धको अवस्था

  • समाजमा भएको अति राजनीतिकरणको कारण राजनीतिक आस्थाको आधारमा सामाजिक द्धन्द्ध सिर्जना भएको छ ।
  • बेरोजगारीको कारण विवाद, द्धन्द्ध तथा अपराधहरु बढेका छन् ।
  • अशिक्षा तथा जनचेतनाको अभावले गर्दा कुरीतिहरुको समर्थन र विरोधस्वरुप सामाजिक द्धन्द्ध देखिने गरेको छ ।
  • जातिय भेदभाव र छुवाछुतको कारण सामाजिक द्धन्द्ध हुने गरेको छ ।
  • सामाजिक अपराधको पक्ष विपक्ष, संरक्षण र कारवाहीको विषयलाइ लिएर सामाजिक द्धन्द्ध हुने गरेको छ ।
  • राज्यले प्रदान गर्ने सार्वजनिक सेवा माथिको पहुँच, नियन्त्रण र अनुकुलतालाइ लिएर सामाजिक द्धन्द्ध हुने गरेको छ ।
  • प्राकृतिक स्रोत को उपयोग र बाँडफाँडलाइ लिएर सामाजिक द्धन्द्ध हुने गरेको छ ।

नेपालमा द्धन्द्ध व्यवस्थापनको लागि भएका प्रयासहरु

नेपालमा सामाजिक द्धान्द्ध व्यवस्थापन गर्न विभिन्न कानुनी, नीतिगत तथा संस्थागत व्यवस्थाहरु गरिएको छ । जसलाइ निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।

कानुनी व्यवस्था

  • मुलुकी फौजदारी (संहिता) ऐन, २०७४
  • मुलुकी देवानी (संहिता) ऐन, २०७४
  • मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४
  • मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४
  • फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
  • स्थानीय प्रशासन ऐन, २०२८
  • मेलमिलाप सम्वन्धी ऐन, २०६८
  • मध्यस्थता ऐन, २०६८ आदी

संस्थागत व्यवस्था

  • न्यायपालिकाका निकायहरु: सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत, विभिन्न न्यायधिकरणहरु
  • नेपाल प्रहरी
  • जिल्ला प्रशासन कार्यालय
  • संघ, प्रदेश र स्थानीय तहका सरकारी निकायहरु
  • स्थानीय तहको न्यायिक समिति र अन्य समिति तथा अंगहरु
  • विभिन्न गैरसरकारी संघ संस्थाहरु

द्धन्द्ध व्यवस्थापनको शैलिहरु

  • एक पक्षले जित्ने र अर्कोले हार्ने शंली जसलाइ दवावपुर्ण तथा प्रतिस्पर्धात्मक शैलि भनिन्छ ।
  • दुवै पक्षको हित हुने तरिकाले द्धन्द्ध समाधान गर्ने शंलि जसलाइ साझेदारी वा सहकार्यमुलक शैलि भनिन्छ ।
  • दुवै पक्षले केहि लिने र केही छाड्ने गरी सहमति कायम गर्ने शैलि जसलाइ सम्झौतामुलक शैंलि भनिन्छ ।
  • द्धन्द्ध अनावश्यक ठानी पन्छाउने शैली जसमा द्धन्द्ध व्यवस्थापनपछी हुने फाइदा द्धन्द्ध व्यवस्थापन लागत भन्दा कम हुने भएमा यस्तो शैली अपनाइन्छ । यो शैलीलाइ पन्छिने वा उम्किने शैलि भनिन्छ ।
  • आफ्नो पक्षको हितलाइ त्याग गरी अर्को पक्षलाइ सहमत गराइन्छ । द्धन्द्धलाइ बढ्न दिनु भन्दा जसरी पनि समाधान गर्नुपर्ने क्रममा यो शैलि अपनाइन्छ । यो शैलिलाइ मिलापपुर्ण शैलि भनिन्छ ।

समसामयिक विषय Current Affairs (तृतीय पत्र)

१.१ सामाजिक विवाद तथा द्धन्द्ध

१.२ सामाजिक न्याय तथा समानता

१.३ सामाजिक तथा साँस्कृतिक रुपान्तरण

१.४ स्रोत साधनको वितरणमा न्याय- असमानता र सीमान्तीकरण (प्रादेशिक, जातजातिगत, लैङ्गिक, ग्रामीण तथा शहरी)

२.६ प्रविधि हस्तान्तरण ( बौद्धिक सम्पत्ति अधिकार समेत )

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?