१.४ स्रोत साधनको वितरणमा न्याय- असमानता र सीमान्तीकरण (प्रादेशिक, जातजातिगत, लैङ्गिक, ग्रामीण तथा शहरी)
१.४ स्रोत साधनको वितरणमा न्याय- असमानता र सीमान्तीकरण (प्रादेशिक, जातजातिगत, लैङ्गिक, ग्रामीण तथा शहरी)
स्रोत साधन वितरणमा न्याय
सामाजिक आर्थिक विकासका लागि राज्यसँग उपलब्ध आर्थिक तथा अन्य भौतिक स्रोत साधनहरुको समानुपातिक तथा समतामुलक तरिकाले बाँडफाड गरि उपभोग गर्ने कार्य नै स्रोत साधनको वितरणमा न्याय हो ।
यसमा स्रोत साधनमा जनताको पहुँच कायम गर्ने र समानतामा आधारीत भई बराबर हिस्सेदारीको सुनिश्चितता गरिन्छ ।
राज्यमा उपलब्ध स्रोत, साधन, तीनबाट प्राप्त लाभ र उपलब्धिमा समानतामा आधारित पहुँचको व्यवस्था गर्नु नै स्रोत साधनको वितरणमा न्याय हो ।
असमानता र सीमान्तीकरण
नागरिकहरुको बीचमा बराबरी नभएको अवस्था नै असमानता हो ।
स्रोत, साधन, अवसर, शक्ति र लाभको उपयोगमा सबै नागरिकको समान हिस्सा कायम नहुने अवस्थालाई असमानता भनिन्छ ।
स्रोत, साधन र अवसरमा असमान पहुँचको कारण केही वर्ग त्यसको निरन्तर लाभमा रहने र बाँकी समुदाय निरन्तर लाभ प्राप्तिबाट विमुख हुने अवस्था नै सीमान्तीकरण हो ।
अवसर, लाभ, स्रोत, साधन, सुचना आदिबाट वञ्चित हुने वर्ग राजनीतिक, आर्थिक तथा सामाजिक रुपले पछि पर्दै सिमान्तकृत हुन्छ ।
लामो समयको असमानताले सीमान्तीकरण जन्माउछ ।
नेपालमा देखिएका असमानता र सीमान्तीकरण
प्रादेशिक असमानता र सीमान्तीकरण
विकट क्षेत्रमा बसोबास गर्ने मानिस बढी गरीब र विपन्न रहेका ।
विकट क्षेत्रमा पुर्वाधार विकास हुन नसकेको ।
औद्योगिक विकास विकट क्षेत्रमा हुन नसकेको ।
गरिवीको रेखामुनी रहेको जनसंख्याको अनुपात सुगम क्षेत्रको तुलनामा विकट क्षेत्रमा धेरै रहेको ।
लैङ्गीक असमानता र सीमान्तीकरण
कुल जनसंख्याको ५१.०४ प्रतिशत महिला रहेका ।
पुरुष साक्षरता करिब ७८.०४ प्रतिशत रहेको मा महिला साक्षरता करिब ६७.९१ प्रतिशत मात्र रहेको ।
निजामती सेवामा महिलाको उपस्थिति करिब एक चौथाई मात्र रहेको ।
जातीय असमानता र सीमान्तीकरण
नेपालमा रहेका कुल १२५ जातजाति मध्ये दलित वर्ग सबैभन्दा बढी गरिबी दलित समुदायमा रहेको पाइन्छ ।
जातिय भेदभाव अझै सम्म पनि अन्त्य हुन सकेको छैन ।
गाँउ र शहरमा असमानता र सीमान्तीकरण
ग्रामीण क्षेत्रमा पुर्वाधार विकास हुन सकेको छैन् ।
ग्रामीण क्षेत्रमा रोजगारीका अवसरहरु नभएको ।
सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बढी गरिबी रहेको ।
नेपालमा असमानता र सीमान्तीकरण कम गर्न अवलम्वन गर्नुपर्ने उपायहरु
स्थानीय आवश्यकता अनुसार समतामुलक कार्यक्रमहरु सञ्चालन गर्ने,
ग्रामीण क्षेत्रमा पुर्वाधार विकास गर्ने,
ग्रामीण क्षेत्रमा लगानीको वातावरण तयार गरि रोजगारीको अवसर सिर्जना गर्ने,
पछाडी परेका वर्ग र समुदायको लागी सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने,
स्थानीय स्तरमा उद्यमशिलताको विकास गर्ने,
ग्रामीण क्षेत्रमा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने,
सामाजिक सुरक्षाको कार्यक्रमलाई विस्तार गर्ने,
सन्तुलित विकासलाई जोड दिने,
विकास क्रियाकलापमा स्थानीय सहभागितामा जोड दिने,
कमजोर वर्ग तथा क्षेत्रको लागि लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने,