• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

१.२ शासनको राजनीतिक तथा प्रशासनिक संरचना

  • गृह पृष्ठ
  • बिसयगत
  • १.२ शासनको राजनीतिक तथा प्रशासनिक संरचना

१.२ शासनको राजनीतिक तथा प्रशासनिक संरचना

  • शासन स्रोत तथा शक्त्तिको परिचालन गर्ने विधि र प्रक्रिया हो ।
  • मुलभुत रुपमा शासनको राजनीतिक र प्रशासनिक गरी दुइ पक्ष हुन्छन् । राजनीति र प्रशासन समग्र शासन एवं राज्य व्यवस्थाका दुइ उपप्रणाली हुन ।
  • राजनीति र प्रशासन एक अर्काको विरोधी नभइ परिपुरक विषयहरु हुन । जसले सहअस्तित्वमा पृथक कार्यहरु गर्दछन । यिनीहरुबीच अन्तरसम्बन्ध, अन्तरक्रिया, अन्तरद्धन्द्ध, एवं अन्तरनिर्भरता हुन्छ ।
  • समग्रमा राजनीतिले निती एवं कानुन निर्माण गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन प्रशासनले गर्ने, त्यसैगरी प्रशासनले नीति एवम कानुन कार्यान्वयन गर्ने र त्यसमा राजनीतिले सहयोग गर्दछन् ।

शासनको राजनीतिक संरचना

  • शासनको राजनीतिक संरचनाले शासकीय प्रणाली, राजनीतिक संगठन एवं संरचना, पदाधिकारी र उक्त संरचनाको कार्य समेतलाइ बुझिन्छ ।
  • शासन व्यवस्था संचालनको मुल जिम्मेवारी राजनीतिले संहालेको हुन्छ ।
  • राजनीतिक संरचना शासन प्रणालीको मुलभुत पक्ष हो ।
  • यो शासन, विकास र सेवाप्रवाहको मार्गदर्शक तथा नेतृत्वदायी संरचना हो ।
  • यो निर्वाचित संरचना हो ।
  • यो सार्वभौमसत्ताको प्रयोग गर्ने प्रत्यक्ष संयन्त्र हो ।

हाल विश्वमा प्रचलित राजनीतिक संयन्त्र 

  • एकात्मक तथा संघात्मक शासन प्रणाली
  • अध्यक्षात्मक तथा संसदीय शासन प्रणाली
  • राजतन्त्रात्मक तथा गणतन्त्रात्मक शासन प्रणाली

एकात्मक शासन प्रणालीको संरचना

  • राज्यका सम्पुर्ण अधिकारहरुको प्रयोग, स्रोत साधनको प्ररिचालन, शासकीय व्यवस्थापन केन्द्रमा रहने प्रणाली एकात्मक शासन प्रणाली हो ।
  • यसमा संघीय प्रणालीमा जस्तो स्वायत्त प्रादेशिक संरचना नभइ केन्द्र सरकार अन्तर्गत विभिन्न क्षेत्रीय र स्थानीय तहहरु हुन्छन् ।
  • यसमा राज्यव्यवस्थाको सम्पुर्ण जिम्मेवारी केन्द्र मा रहने गर्दछ ।
  • यसमा शासन व्यवस्था केन्द्रिय नीति तथा कानुनी व्यवस्था अनुसार सञ्चालन हुने गर्दछ ।
  • क्षेत्र तथा स्थानीय तहलाइ स्रोत साधन संकलन तथा परिचालनमा केही अधिकार हुने गर्दछ ।
  • केन्द्रिय न्यायिक संरचना र प्रशासनिक संरचनाले देशभरी कार्य गर्दछन ।
  • यो शासन प्रणाली संघीय शासन प्रणालीको तुलनामा कम खर्चिलो र मितव्ययी हुने गर्दछ ।
  • केन्द्रिय नीति, बजेट, कार्यक्रम, प्रशासन तथा पद्धति लागु हुने भएकोले नियन्त्रण तथा अनुगमन, सुपरीवेक्षणमा सहज हुने गर्दछ ।
  • यो शासन प्रणालीमा राष्ट्रिय एकता तथा अखण्डता कायम गर्नको लागि सहज हुने गर्दछ ।

संघीय शासन प्रणालीको संरचना

  • राज्यलाइ संविधानत विभिन्न प्रादेशिक तथा स्थानीय तहमा विभाजन गरि ती तहलाइ संविधानत विभिन्न अधिकार को स्पष्ठ व्यवस्था गरी सञ्चालन गरिने शासन पद्धति नै संघीय शासन प्रणाली हो ।
  • यस प्रणाली अन्तर्गत छरीतो तथा सानो केन्द्रिय संरचना हुन्छ जसले राज्यको नीति निर्माण, मुद्रा व्यवस्थापन, वैदेशिक नीति तथा अन्तर्राष्ट्रिय सम्वन्ध व्यवस्थापन, राष्ट्रिय सुरक्षा प्रणालीको व्यवस्थापन तथा सिमा सुरक्षा सम्वन्धी कार्य गर्दछ भने अन्य कार्यहरु प्रदेश तथा स्थानीय तहलाइ हस्तान्तरण गरिएको हुन्छ ।
  • यसमा संघमा संघीय सरकार तथा संघीय संसद, प्रदेश स्तरमा प्रदेश सरकार र प्रदेश संसद तथा स्वायत्त स्थानीय तहहरु रहन्छन् ।
  • प्रदेश स्तरमा छुट्टै कानुन तथा न्याय व्यवस्था लागु हुन सक्दछ ।
  • केन्द्र प्रदेश तथा स्थानीय तहमा अलगअलग नीति तथा योजना तर्जुमा भइ कार्यान्वयन हुन सक्दछन ।
  • प्रादेशिक तथा स्थानीय स्रोत साधनको उच्चतम सदुपयोग हुन सक्दछ ।
  • सम्मान तथा पहिचानले महत्व पाउन गइ राष्ट्रिय एकता तथा अखण्डता कायम गर्न सघाउ पुग्दछ ।
  • साधन, स्रोतको उपयोगमा संविधानमा नै स्पष्ठ बाँडफाँड गरिएको हुन्छ ।
  • प्रदेश प्रदेश वीच विकास र सेवा प्रवाहमा प्रतिस्पर्धा भइ क्षमता अभिवृद्धि हुन्छ ।

अध्यक्षात्मक शासन प्रणालीको संरचना

  • यस प्रकारको शासन प्रणालीमा सरकार प्रमुख तथा राज्य प्रमुखको रुपमा राष्ट्रपति हुन्छ ।
  • यस अन्तर्गत राष्ट्रपति सरकारको साथै राष्ट्रको पनि प्रमुख हुन्छ ।
  • अध्यक्षात्मक शासन प्रणाली अन्तर्गत राष्ट्रपति जनताको प्रत्यक्ष तथा अप्रत्यक्ष मतबाट निर्वाचित हुन्छन् ।
  • मन्त्रीपरीषदको गठन राष्ट्रपतिले गर्दछन् र राष्ट्रपतिले राष्ट्रप्रमुख तथा सरकार प्रमुख दुवैको भुमिका निर्वाह गर्दछ ।
  • राष्ट्रपतिलाइ संसदबाट महाअभियोग लगाएर मात्र हटाउन सकिने व्यवस्था हुन्छ ।
  • राष्ट्रपति व्यवस्थापिका को सदस्य हुँदैन । यो शासन प्रणालीबाट शक्त्ति पृथकिकरणको सिद्धान्त लागु गर्नको लागि सहज हुन्छ ।
  • अध्यक्षात्मक शासन प्रणालीमा प्रधानमन्त्रीको आवश्यकता हुँदैन । प्रधानमन्त्री भए पनि सिमित अधिकार प्रत्यायोजन गरिएको हुन्छ ।
  • अध्यक्षात्मक शासन प्रणालीमा राष्ट्रपति एक दलको र संसदमा अर्को दलको बहुमत हुने अवस्था पनि सिर्जना हुन सक्दछ ।
  • यसमा संसद बाहिरको व्याक्त्तिहरु पनि मन्त्री हुन सक्दछन् ।

संसदिय शासन प्रणालीको संरचना

  • संसदिय शासन प्रणालीमा संसदको भुमिका निर्णायक हुन्छ । यसमा प्रधानमन्त्री संसदबाट निर्वाचित हुन्छन् ।
  • यसमा संवैधानिक राष्ट्रपतिले राष्ट्र प्रमुखको रुपमा कार्य गर्दछ भने सरकार प्रमुखको रुपमा प्रधानमन्त्रीले कार्य गर्दछ ।
  • देशको शासन व्यवस्था सम्वन्धी सम्पुर्ण अधिकार प्रधानमन्त्रीमा रहन्छ ।
  • प्रधानमन्त्री संसदमा बहुमत रहुञ्जेलसम्म पदमा बहाल रहन्छन ।
  • संसदमा बहुमत प्राप्त दलको नेतृत्वमा सरकार गठन हुने, संसदले सरकारको निर्माण गर्ने, संसदमा बहुमत गुमाएमा सरकार विघटन हुने भएकोले राज्यव्यवस्थाको सम्पुर्ण शक्त्ति संसदमा केन्द्रित हुन्छ त्यसैले यसलाइ संसदिय शासन प्रणाली भनीएको हो ।
  • संसदमा अल्पमतमा रहेको दलले संसदमा प्रतिपक्षीको भुमीका निर्वाह गर्दछ ।
  • अविश्वासको प्रस्तावको माध्यमबाट संसदले प्रधानमन्त्रिलाइ पदबाट हटाउन सक्दछ ।
  • यसमा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने समेत व्यवस्था गरिएको हुन्छ ।

नेपालको राजनीतिक संरचना

नेपालमा बहुदलीय, लोकतान्त्रिक, संघीय, गणतन्त्रात्मक शासन व्यवस्था अवलम्वन गरीएको छ । यसको राजनीतिक संरचना अन्तर्गत

  • राष्ट्रपति, उपराष्ट्रपति
  • प्रधानमन्त्री, उप प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री
  • संघीय मन्त्रीपरिषद
  • संघीय संसद
  • संघीय संसदीय समितीहरु र पदाधिकारी
  • प्रदेश प्रमुख
  • प्रदेश मन्त्रिपरिषद
  • प्रदेश मुख्यमन्त्री र मन्त्रीहरु
  • प्रदेशसभा र संसदिय समितीहरु
  • प्रदेश संसद
  • गाँउ कार्यपालिका, गाँउ सभा
  • नगर कार्यपालिका तथा नगर सभा
  • जिल्ला समन्वय समिति, जिल्ला सभा
  • स्थानीय तहका राजनीतिक पदाधिकारीहरु गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य
  • नगर प्रमुख तथा उप प्रमुख
  • जिल्ला समन्वय समिती तथा जिल्ला सभा सदस्यहरु ।

शासनको राजनीतिक संरचनाको कार्य एवं भुमीका

  • शासनको मार्गदर्शन गर्ने
  • शासनको नेतृत्व गर्ने
  • शासनको अन्तिम उत्तरदायित्व बहन गर्ने
  • निती तथा कानुन निर्माण गर्ने
  • संगठन निर्माण तथा विस्तार गर्ने
  • सरकारी सेवा को गठन गर्ने
  • प्रशासनलाइ सहयोग गर्ने
  • प्रशासनको अनुगमन तथा मुल्यांकन गर्ने
  • बजेट स्वीकृत गर्ने
  • कर लगाउने
  • कुटनीतिक परिचालन गर्ने
  • अन्तर्राष्ट्रिय सन्धी सम्झौता गर्ने
  • जनपरिचालन गर्ने

शासनको प्रशासनिक संरचना

  • प्रशासनिक संरचना शासन प्रणालीको आधारभुत संरचना हो ।
  • यो शासन प्रणालीको प्रशासनीक आयाम हो ।
  • यो राजनीतिक संरचनाको सहयोगी संरचना हो ।
  • यो सरकार र जनताबीचको  संयोजक हो ।
  • यो नियामक संरचना हो । यसले नियमहरुको कार्यान्वयन गर्दछ ।
  • यो मुलुकको विकास व्यवस्थापक हो ।
  • यसलाइ कर्मचारीतन्त्र समेत भन्ने गरिन्छ ।
  • यो राजनीतिको तुलनामा स्थायी हुन्छ । यसलाइ स्थायी सरकार पनि भन्ने गरिन्छ ।
  • यो वैतनिक हुन्छ ।
  • संसारभर विशेष गरी योग्यतामुलक प्रशासनिक संरचना प्रचलित छ ।
  • यसलाइ सरकारी सेवा पनि भन्ने गरिन्छ ।

नेपालको प्रशासनिक संरचना

नेपालले जनमुखी तथा समावेशी प्रशासन पद्धति अवलम्वन गरेको छ । नेपालको प्रशासनिक संरचना अन्तर्गत निम्न संरचना पर्दछन् ।

  • राष्ट्रपतिको कार्यालय
  • उपराष्ट्रपतिको कार्यालय
  • प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
  • मन्त्रालय, विभाग तथा मातहतका कार्यालयहरु
  • सचिवालय
  • संसद सचिवालय, संसदिय समितीको कार्यालय
  • प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
  • प्रदेश मन्त्रालय तथा मातहतका कार्यालयहरु
  • गाँउपालिका तथा नगर कार्यपालिकाको कार्यालय
  • वडा कार्यालय
  • जिल्ला समन्वय समितिको कार्यालय
  • विभिन्न सरकारी सेवाहरु र सोका पदाधिकारीहरु

प्रशासनिक संरचनाको कार्य तथा भुमिका

  • राजनीतिलाइ सहयोग गर्ने
  • राज्यको नीति, योजना, कार्यक्रम तथा आयोजनाको कार्यान्वयन गर्ने
  • सरकारको निर्णयको कार्यान्वयन गर्ने
  • नियमन तथा शान्ति सुव्यवस्था कायम गर्ने
  • सेवा प्रवाह गर्ने
  • विकास व्यवस्थापन गर्ने
  • नीति मस्यौदा तयार गर्ने
  • अभिलेख व्यवस्थापन तथा व्यवस्थापन सुचना प्रणाली लाइ प्रभावकारी बनाउने
  • अनुसन्धान तथा विकास गर्ने
  • सरकार र जनताबीच संयोजन गर्ने
  • बजेट तर्जुमा र कार्यान्वयन गर्ने
  • स्रोत साधन संकलन एवं परिचालन गर्ने
  • सरकारी सेवाको संचालन गर्ने

शासन प्रणाली System of Governance (द्धितीय पत्र)

१.१ शासनको आधारभुत पक्षहरु: अवधारणा, सन्दर्भ तथा विशेषताहरु

१.२ शासनको राजनीतिक तथा प्रशासनिक संरचना

१.३ सुचनाको हक र पारदर्शिता

४.६ सहभागितामुलक योजना र विकास

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?