यो संगठन तथा व्यवस्थापन विशेष गरी कर्मचारी प्रशासनको महत्वपुर्ण पक्ष हो ।
उत्प्रेरणाले कर्मचारी तथा कामदारमा काम गर्ने इच्छा जागृत तुल्याउने कार्य गर्दछ ।
कर्मचारी तथा कामदारलाइ काम गर्नको लागि प्रोत्साहित गर्ने कार्य,प्रक्रिया एवं पद्धतिलाइ नै उत्प्रेरणा भनिन्छ ।
कर्मचारीलाइ खास उद्देश्य तथा कार्यप्रति अग्रसर तथा लगनशिल तुल्याउने आन्तरीक प्रेरणालाइ उत्प्रेरणा भनिन्छ ।
व्याक्तिमा निहित सम्भाव्य उर्जालाइ उत्पादनमुखी तथा गतिशिल उर्जामा रुपान्तरण गर्ने महत्वपुर्ण साधन उत्प्रेरणा हो ।
यो वृत्ति विकासको महत्वपुर्ण अवयव हो ।
यो प्रभावकारी कार्य सम्पादनको मुलभुत आधार एवं पुर्वशर्त हो ।
यो संगठन तथा व्यवस्थापनको जिम्मेवारी हो ।
यसको विविध आयामहरु हुन्छन् ।
उत्प्रेरणाको विशेषता
उत्प्रेरणा मनोवैज्ञानिक अवधारणा हो । यसले कर्मचारीको व्यवहारलाइ मनोवैज्ञानिक रुपमा निर्देशित गर्दछ ।
यो कार्य गर्नको लागि उर्जा हो ।
यो निरन्तर एवं अनन्त प्रक्रिया हो ।
यो कार्य सन्तुष्टिको कारण होइन परिणाम हो ।
यसले कार्यक्षमता बढाउछ ।
यसले कर्मचारीको आवश्यकता तथा अपेक्षाहरुको सन्तुलित सम्बोधन मार्फत कर्मचारीमा निरन्तर क्रियाशिलता तथा उर्जा प्रदान गर्दछ ।
यसले कर्मचारीको मनोबलमा वृद्धि गर्दछ ।
कर्मचारीमा संगठनप्रति बफादारितामा वृद्धि गर्दछ ।
स्रोत साधनको अधिकतम सदुपयोग गर्न सहयोग पुर्याउदछ ।
उत्प्रेरणाको तत्वहरु
संगठनमा मानव व्यवहारलाइ संगठनको उद्देश्यप्राप्ति उन्मुख बनाउनको लागि आवश्यक महत्वपुर्ण साधन उत्प्रेरणा हो ।
कुनै पनि संगठनको सार भनेको त्यहाँको मानव साधन हो । संगठनको सफलता तथा विफलता जनशक्तिको कार्यसम्पादन तथा कार्यसफलतामा निर्भर गर्दछ । कर्मचारी तथा जनशक्तिलाइ आफ्नो कार्यमा क्रियाशिल बनाइराख्नको लागि उत्प्रेरणाको सार्थक भुमिका रहन्छ । कर्मचारीलाइ आफ्नो कार्यप्रति उत्प्रेरीत बनाइराख्नको लागी मौद्रिक तथा गैरमौद्रिक तत्वहरुको प्रयोग गर्न सकिन्छ ।